थुलुङ दुधकोशी : मुनस्टार क्लबको भवन उद्घाटन



होमनाथ खत्री

सोलुखुम्बु ,११ माघ।सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिका वडा नं.९ लोखिममा रहेको मुनस्टार युथ क्लवको नव निर्मित भवनको आज उद्घाटन गरिएको छ ।

वडा कार्यालयको १ लाख र कांग्रेस नेता प्रकाशसिंह कार्की, समाजसेवी बाल कुमार विश्वकर्मा, भक्त बहादुर विश्वकर्मा लगायत सहयोगी स्थानीय समाजसेवी तथा सो संस्थामा आवद्ध साथै ३१ घरको जनश्रमदानबाट करिव १२ लाखको लागतमा भवन निर्माण गरिएको हो । कार्यक्रममा वडा प्रतिनिधी, विभिन्न पार्टी प्रतिनिधी, संघसस्थामा प्रतिनीधी तथा अन्य स्थानियहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

कार्यक्रम थुलुङ दुधकोशी गाँउपालिका वडा नं.९ लोखिमका वडाअध्यक्ष भुपालसिंह राईको प्रमुख आतिथ्यता तथा सो क्लवका अध्यक्ष अम्बिर राईको अध्यक्षता सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्