माप्यदुधकोशी : नेकपाका कारण बेथिति बढेको कांग्रेस नेताको आरोप



होमनाथ खत्री

सोलुखुम्बु,११ माघ।नेपाली कांग्रेस सोलुखुम्बुले माप्यदुधकोशी गाउँपालिका ४ काँकु भेडाचौरमा भेडाचौर मावि बुथ समिति गठन गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य भोजराज कार्कीले नेकपालाई जनताले विश्वास गर्दा स्थानीयदेखि केन्द्रियस्तरसम्म बेतिथि बढेको आरोप लगाउनुभएको छ । जनताले भरोसा गरि नेकपालाई विजयी गराएकाले आज यो अवस्थाको सामना गर्नुपरेको उहाँको भनाई छ ।

नेपाली काँगेस माप्यदुधकोशी गाउँपालिका ४ का सभापति भवनाथ ढुंगानाको सभापतित्व तथा कांग्रेस महासमिति सदस्य भोजराज कार्कीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा अर्का महासमिति सदस्य एवं संगठन विभाग प्रमुख खिलराज बस्नेत, पार्टीका जिल्ला सहसचिव कुसराज राई, महाधिबेशन प्रतिनिधि एवं तरुणदलका जिल्ला अध्यक्ष अशोक झा लगायतको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्