मध्यावधि निर्बाचन:सक्रियता बढायो निर्बाचन कार्यालय सोलुखुम्बुले



सोलुखुम्बु, ९ माघ ।निर्वाचन आयोग सोलुखुम्बुले मध्यावधि निर्वाचनको तयारी सुरु गरेको छ । आगामी बैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने सरकारले घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालयले सकृयता बढाएको हो ।

शुक्रबार अन्तरक्रिया आयोजना गरेर निर्वाचन कार्यालयले निर्वाचनको तयारि थालिएको जिल्ला निर्वाचन अधिकृत नम्रता चुडालले जानकारी दिनुभयो ।

यस्तै जिल्लाका सबै स्थानीय तहमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म नामावली प्रकाशन गरिने जनाएको छ । सोही अनुरुप पौष ५ गतेसम्म दर्ता भएका नामावलीमा माघ १६ गते देखी १८ नाम रहेकोले त्रुटी भएमा सच्याउन,दोहोरो नाम भए हटाउनको लागी निर्वाचन कार्यालय सोलुखुम्बुले अपिल गरेको छ ।

निर्वाचन कार्यालयको सभाहलमा भएको अन्तरक्रिया प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्