सोलुखुम्बु : अनेरास्ववियु एउटा समूहद्वारा अर्को समूहमाथि कारबाही !

सोलखुम्बु, २८ पुस।माउ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिभाजनसंगै यस्को प्रत्यक्ष असर भातृ संगठनमा समेत पर्न थालेको छ।यसै क्रममा हिमाली जिल्ला सोलुखुम्बुमा अनेरास्ववियुको एउटा पक्षले अर्को पक्षमाथी कारबाही गरेको घोषणा गरेको छ। ओली समुहले गत बुधबार भुपेन्द्र राईको संयोजकत्वमा गठन गरेको जिल्ला सम्मेलन आयोजक कमिटी प्रति प्रचण्ड–नेपाल समुहले आपत्ति जनाउंदै कारबाही गरिएको जनाएको छ।

मंगलबार एक प्रेश विज्ञप्ती जारी गर्दै नेकपाका जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी फ्याक्सन ईन्चार्ज रामबहादुर राईको नेतृत्वमा बसेको प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुको बैठकले सम्मेलन आयोजक कमिटिका संयोजक राई सहित लक्षमण खालिङ, सरोज भट्टराई, कुमार विष्ट, श्यामकुमार राई, मनिष नाछिरिङ र गैरव राईलाई संगठनको साधारण सदस्य समेत नहरने गरि कारबाही समेत गरेको छ।
अनेरास्ववियुका सह–संयोजक अम्बिरकाजी कुलुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा संगठनको विधि र विधान विपरित अराजक गतिविधि गर्दै प्रतिगमनको पक्षमा उभिएको भन्दै साधारण सदस्य समेत नरहने गरि कारिबाही गरिएको उल्लेख गरिएको छ ।

