थुलुङ दुधकोशीमा शिक्षा समितिको बैठक सम्पन्न, दरबन्दी मिलानसंगै गर्यो विभिन्न निर्णय

सोलुखुम्बु , २७ पुस ।जिल्लाको थुलुङदुधकोशी गाउँपालिकामा शिक्षा समितिको बैठक सम्पन्न भएको छ । सोमबार गाउँ शिक्षा समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न बैठकले संघीय सरकारमार्फत प्राप्त २ कोठे वाससहितको शौचालय सगरमाथा आधारभूत विद्यालय वडा नम्बर ५ जुबु,अमा्रस आधारभूत विद्यालय देउसा ८ र विरेन्द्रोदय मुक्ली गरी ३ वटा विद्यालय छनोट गरिएको गाउँपालिकाका प्रबक्ता भुपालसिं राइले जानकारी दिनुभयो।

त्यसैगरी बैठकले शिक्षण शिकाई आई सिटिको प्रयोग कार्यक्रम जनसेवा मावि, पुस्तकालय स्थापना तथा ब्यवस्थापनमा देउसा माबि,माद्यमिक विद्यालय विज्ञान प्रयोगमा जनता माबि लोखिम ,गाउँपालिका भित्रका कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयको रेकर्डको आधारमा रकम निकासा गर्ने निर्णय पनि गरेको छ।
बैठकले थुलुङ राई मातृभाषाको शिक्षकहरुको छनोट माघ ५ गते भित्र गर्ने र महेन्द्र ज्योति मावि चौरीखर्कमा कार्यरत तृतीय श्रेणीको शिक्षक रोल कुमार बस्नेतलाई पन्चकन्या आवि मुक्लिमा सरुवा गर्ने निर्णय पनि गरेको गाउँपालिकाका प्रबक्ता राइले जानकारी दिनुभयो । यस्तै गाउँपालिका भित्रका शिक्षकको दरबन्दी मिलान गरिएको छ । जसमा जीवनन ज्योती माबि काङगेलबाट काङगेल आवि बाहुन्डीमा चन्द्रकुमारी कार्की, काङगेल आवि बाहुन्डीबाट ठुलढुंगा आवि काँगेलमा ठगेन्द्र प्रसाद काफ्लेलाइ काज सरुवा गरिएको छ। यस्तै पंन्चकन्या आवि मुक्लिबाट बागेश्ररी आवि काँगेलमा निलराज बस्नेत र शिसुकल्यान आबि देउसाबाट नवज्योती आवि मुक्लीमा जसमाया राईलाई सरुवा गरिएको वहाँले जानकारी दिनुभयो ।

