पत्रकार धरपकटक विरुद्ध नेपाल पत्रकार महासंघको भत्सर्ना



काठमाडौं, २३ पुस । नेपाल पत्रकार महासंघ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको घटनाको निन्दा र भत्सर्ना गरेको छ ।

टिभी टुडे टेलिभिजनको कार्यक्रम प्रस्तोतासमेत रहेका पन्त र सञ्जालखबर डटकमका सम्पादक लामा ‘सागर’ लाई काठमाडौंमा अकारण बलजफ्ती निणन्त्रणमा लिई ब्यूरोको महाराजगञ्जस्थित कार्यालमा घण्टौं राखेर मानसिक तनाव दिएको भन्दै विज्ञप्ति जारी गरेर निन्दा गरेको हो ।

शाखाका अध्यक्ष सन्तराम बिंडारीको अध्यक्षतामा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यको आकस्मिक बैठकले पनि सो घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाहीको माग गर्दै प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

गिरफ्तार घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमाथिको हमला भएको ठहर गरेको शाखाका अध्यक्ष शन्तराम बिडारीद्वारा जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ । गिरफ्तार घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमाथिको हमला भएको ठहर समेत शाखाले गरेको छ । मोवाइल कब्जामा लिने र सम्पर्कविहीन बनाएर आतंकित बनाई मानसिक तनाव दिने कार्य निन्दानीय रहेको भन्दै कडा शब्दमा राज्यको रवैयाको विरोध गरेको छ ।

त्यस्तै सोही दिन सीआईबी टोलीले जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्मालाई बिनाकारण गिरफ्तार गरी हिरासतमा राखेको भन्दै महासंघले आपत्ति जनाएको छ ।

आजको नयाँ संश्लेषण मासिकका कार्यकारी सम्पादक समेत रहेका संयोजकको तत्काल रिहा गर्न सरकारसँग महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गरेर सरकारसँग माग गरेका छन् । आइन्दा यस्ता हर्कत नदोहोर्याउन समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । स्वतन्त्र प्रेसमाथि राज्यले हस्तक्षेप गरेर आतंकित तुल्याउने काम गरेको भन्दै सञ्चार क्षेत्रबाट सरकारको चर्को आचलोचना शुरु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्