NEFFA मा अधिकारी: निवर्तमान अध्यक्ष कार्कीद्वारा सोलुखुम्बुका चार रोगीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान



काठमाडौं,२० पुस । नेपाल फ्रेट फरवार्डस् एशोसिएसन (NEFFA) को अध्यक्षमा मनोज अधिकारी निर्वाचित भएका छन् । एशोसिएसनको २० औं साधारणसभाले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । एशोसिएसनको प्रथम उपाध्यक्षमा राजेन्द्र संग्रौला र द्वितीय उपाध्यक्षमा नरेश अग्रवालसहित अन्य पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरेको जनाइएको छ । यसअघि दुई कार्यकाल वल्र्डफ्रेट इन्टरनेशनल प्रा.लि.का प्रवन्ध निर्देशक प्रकाशसिंह कार्की एशोसिएसनको अध्यक्ष रहनु भएको थियो । कार्की हाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्य निर्वाचित हुनु भएको छ ।

समाजसेवालाई प्राथमिकता दिंदै आएका नेपाली काँग्रेस सोलुखुम्बुका नेता समेत रहेका एशोसिएसनका निवर्तमान अध्यक्ष प्रकाशसिंह कार्कीले साधारणसभाको अवसर पारेर आइतबार गृह जिल्ला सोलुखुम्बुका चारजना विरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ । नेपाल फ्रेट फरवार्डस् एशोसिएसन र लाइन्स क्लवसँगको सहकार्यमा नेता कार्कीले क्यान्सर पीडितलगायत अन्य रोगीहरुलाई आर्थिक सहयोग गरेको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता दिनराज बास्तोलाले जानकारी दिए ।
बास्तोलाका अनुसार कार्कीले महाकुलुङ गाउँपालिका –४ गुदेल सोलुखुम्बुका हर्कजीना राईको उपचारका लागि ३६ हजार रुपैयाँ प्रदान गर्नु भएको हो । राई फोक्सो क्यान्सरबाट पिडित छिन् । त्यस्तै, टाउकोको क्यान्सरबाट पिडित सोलुखुम्बु महाकुलुङकै बुवाराज राईको उपचारका लागि ३६ हजार र पाठेघरको समस्याबाट पिडित नेचासल्यान– ३ बेशीगाउँकी हिरादेवी कटेलको उपचारका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग सहयोग गरेको बास्तोलाले जानकारी दिए । नेता कार्की नेपाल फ्रेट फरवार्डस् एशोसिएसनको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ ।
आइतबार काठमाण्डौमा सम्पन्न एशोसियशनको २० औ साधारणसभा तथा कार्यकारणी समितिको निर्वाचन कार्यक्रमको समापन समारोहमा सहयोग रकमको चेक पिडितका परिवारलाई हस्तान्तरण गरिएको हो । त्यस्तै, शनिबार नेता कार्कीसँगको सहकार्यमा सोलुदुधकुण्ड नगरपालिका –७ गार्माका क्यान्सर पिडित बुद्धि बहादुर भूजेलको उपचारमा कांग्रेस नेता कार्कीकै पहलमा लाइन्स क्लब अफ काठमाडौं क्यापिटलले २५ हजार सहयोग गरेको जानकारी पनि बास्तोलाले दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्