अस्थिरता र अराजकताको जग बर्तमान सरकार : पूर्बमन्त्री केसी




होमनाथ खत्री
सोलुखुम्बु,१४पुस/ संसद विघटनको बिरोधमा नेपाली कांग्रेस सोलुखुम्बुले विरोध र्‍याली निकालेको छ । पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै कांग्रेसले केन्द्रिय समितिको निर्देशनमा सल्लेरीमा सोमबार विरोध र्‍याली निकालेको हो ।

नेपाली कांग्रेसको पार्टी कार्यालय बसन्तबजारबाट सुरु भएको विरोध र्‍यालीले सल्लेरी बजार परिक्रमा गरि जिल्ला प्रसाशन कार्यालय अगाडी पुगेर कोणसभामा परिणता भएको थियो । सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री बलबहादुर के.सी.ले अस्थिरता र अराजकताको जग नेकपा नेतृत्वको सरकार भएकाले सबै प्रकारका प्रतिगमनको जिम्मा नेकपाले लिनुपर्ने बताउँनुभयो ।

जिल्ला सभापति विनोद कुमार बस्नेतले बर्तमान सरकारको कार्यशैलीका कारण गाउँगाउँमा भ्रष्ट्राचार मौलाई रहेकाले खबरदारीमा उत्रन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

यस्तै नेता प्रकाशसिंह कार्कीले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले संविधानमाथी नेकपा सरकारले गरेको प्रहार सहेर बस्न नसक्ने बताउँनुभयो । कार्यक्रममा कांग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकता, जनप्रतिनिधि लगायतका ब्याक्तिहरुको उल्लेखीनिय उपस्थिती रहेको प्रचारप्रसार विभाग प्रमुख नविन थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्