थपिए पाँच मन्त्री, शपथ आजै

काठमाडौं १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद प्रतिनिधिसभा विघठन विरुद्ध असन्तुष्टी जनाउँदै प्रचण्ड–नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पद पूर्तिको सुरुवात भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस क्रममा शुक्रबार पाँच मन्त्रीहरु नियक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुमध्ये श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटन मणि थापा, शिक्षामा दावा लामा र खानेपानी मन्त्रीको जिम्मेवारी गौरीशंकर चौधरीले पाएका छन् । यसैगरी टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएको बताइन्छ ।
नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ गराउने तयारी छ ।

