यी हुन ओली पक्षका प्रदेश कमान्डर, रायमाझीलाई जनसंगठनको जिम्मा



काठमाडौ, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले संगठन परिचालन तथा जनपरिचानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ। ओली पक्षको केन्द्रीय कमिटीको बैठकले बिहिवार सुदूरपश्चिम प्रदेशमा संयोजक लेखराज भट्टलाई तोकिएको छ।

कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, बागमतीमा ईश्वर पोखरेललाई तोकिएको छ। साथै, प्रदेश-२ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ।

जनसंगठनको संयोजनको जिम्मेवारी टोपबहादुर रायमाझीलाई दिइएको छ। उनीहरूले पार्टीको काम गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्