ओलीले जनमतको अपमान गरेको चित्रबहादुरको आरोप

बुटवल,९ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतनिधि सभा विघटन गरेर जनमतको अपमान गरेको आरोप लगाएका छन।

बिहीबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले सो आरोप लगाएका हुन।पार्टीभित्रको गुटको विवाद समाधान गर्न नसकेर संसद भंग गर्नु संविधानमाथिको कू भएको उनको भनाइ थियो।
उनले ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्चाएर प्रतिनिधि सभा पुनर्स्थापित गरेर निकास दिनुपर्ने बताए ।
जनमतको अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै उनले सर्वोच्च अदालतले संसद पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरे ।

