शहीद स्मारक बी डिभिजन लिग फुटबल फागुनमा

काठमाण्डाै, ९ पुस।आउँदो फागुन ११ गतेदेखि शहीद स्मारक बी डिभिजन लिग फुटबल सञ्चालन गर्नको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तयारी थालेको छ ।

कोरोना भाइरस महामारीको कारण गएकाे वर्षदेखि रोकिएको लिग फागुन ११ गतेदेखि सुरु गर्न सङ्घ एन्फाले बुधबार क्लबका पदाधिकारीसँग छलफल गरेको छ । छलफलमा सहभागी क्लबका पदाधिकारीले प्रतियोगिता खेल्न तयार रहेको जानकारी दिएका छन् ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले फिफा र एएफसीको मापदण्ड पालना गरेर बी डिभिजन लिगका खेल सुरु गरिने जानकारी गराउनुभएको छ ।

