२०४७ सालको संविधान पुनर्स्थापनाको माग



काठमाडौ,७ पुस । सरकारले आइतबार संसद विघटन गरे पछि आफ्नो धारणा सार्वजनिक गर्न नेपाली काँग्रेस (वी पी), नेपाल नागरिक अभियान, पुनस्र्त्थानवादी शक्ति नेपाल , सनातन सस्कृति समाज नेपाल, विर गोरखालि, शाही शक्ति नेपाल, स्वतन्त्र नागरिक समाज लगाएत विभिन्न १३ संघ संस्थाले सोमबार रिपोर्टर्स क्लब नेपालमा गरेको सयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेस (वी पी) का महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचनले आफ्नो धारणा राख्दै २०४७ सालको संविधानको परिमार्जनसहित पुन: स्थापनाको विकल्प नरहेको बताउनु भयो ।

महामन्त्री सेरचनले आफ्नो पार्टीको केन्द्रिय समितिले यो विषयमा निर्णय गर्ने जानकारी दिनु हुदै संसद विघटनलाई २०७२ को संविधान ५ वर्षमा नै असफल भएको प्रमाणित भयो बताउनु भयो ।

शेरचनले प्रधानमन्त्री ओलि कै पालामा गणतन्त्र, संघियता र धर्मनिरपेक्षता खारेज हुने ठोकुवा गर्दै २०४७ सालको संविधानको पुन: स्थापनाको आन्दोलनमा लाग्न सबैलाई आह्वान गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्