नेकपा स्थायी समिति बैठक : ओलीलाइ कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लाने निर्णय

काठमाडौं,५ पुस ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रास्ट्रपति बाट औपचारिक रुपमा संसद विघटन भएपछि बसेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लाने लगायत ४ निर्णय गरेको छ ।

बालुवाटारमा आइतबार बेलुकी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका लागि सिफारिस गर्ने, केन्द्रीय कमिटी बैठक पुस ७ गतेका लागि बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले प्रधानमन्त्रीको संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको प्रवक्ता श्रेष्ठले जनाए ।

