व्यवस्था परिवर्तनसहित निर्वाचन गराउन विपी काँग्रेसको माग

५ पौष काठमाडौं | धर्म निरपेक्षता, संघियता र गणतन्त्र खारेजीको माग गर्दै आएको नेपाली काँग्रेस (वी पी) ले सरकारले संसद विघटन गरि मध्यावधि निर्वाचन घोषणा गरे पछी आफ्नो धारणा बनाउन पौष ७ गते दिनको १२:३० बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ |

नेपाली काँग्रेस (वी पी) का केन्द्रिय कार्यालय सचिव सुशीलराज वाग्लेले केन्द्रिय समिति बैठक सम्बन्धि सुचना जारि गर्दै घोषणा गरेको आन्दोलनका कार्यक्रम तथा पछिल्लो राजनैतिक घटनाक्रम बारे निर्णय हुने जानकारी दिएको छ |
पार्टीले पौष १३ गते धर्म निरपेक्षता, संघियता र गणतन्त्र खारेजीको माग सहित आन्दोलको घोषणा र पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन धर्म निरपेक्षता, संघियता र गणतन्त्रका विरोधमा रहेको राजनैतिक दल, अभियान्ता, संघ-सस्थाहरुसँग छ्लफल गरि आन्दोलन तय गर्ने घोषणा गरेको थियो |
काँग्रेस (वी पी) ले संविधानमा भएको धर्म निरपेक्षता, संघियता र गणतन्त्रमा फरक मत राख्दै आएकोले उसले संसद विघटनलाई २०७२ को संविधानले काम गर्न नसकेको भन्दै व्यवस्था परिवर्तन सहित मध्यावधि निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गर्न सकिने बुझिएको छ |

