थुलुङ दुधकोशी : कांग्रेस परित्याग गरि ११८ जना नेकपामा प्रवेश

सोलुखुम्बु, ३ पुस। जिल्ला थुलुङ दुधकोशी गाउंपालिका वडा नं ९ का ११८ जना नेकपामा प्रवेश गरेका छन।

नेपाली कांग्रेसको साविक लोखिम गाउं कार्य समितिका सहसचिव हिराकाजी राई, महिला वडा सदस्यका प्रत्यासी उम्मेदवार पुष्पा तामाङ र ब्यवासयी सुर्जा तामाङसहित ११८ जना नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको विद्यार्थी नेता तेन्जी शेर्पाले जानकारी दिए।
शेर्पाका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) लोखिमका वडाअध्यक्ष पार्बती राईको सभापतित्वमा सम्पन्न एक कार्यक्रममा उनीहरु नेकपा प्रवेश गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एबम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य हेम कुमार राईसहित प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेत,थुलुङ दुधकोशी गाउंपालिका अध्यक्ष असिम राई, जिल्ला समन्वय समितिका उपा प्रमुख धर्मराज वन, जिल्ला सचिवालय सदस्य रामकिरण राई लगायत स्थानीय नेताहरूले नबप्रबेसीहरुलाइ पार्टीमा स्वागत गरेका थिए।

