माओवादी केन्द्र तमुवान गण्डक प्रदेशको प्रथम भेला सम्पन्न

तमुवान प्रदेशर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तमुवान गण्डक प्रदेशको प्रथम भेला हिजो सम्पन्न भयो । तत्कालिन पार्टी अध्यक्ष प्रचण्ड एमालेमा विलय भए पश्चात जनयुद्ध र जन आन्दोलनका बाँकी कार्यभार पूरा गर्ने लक्ष सहित दुई वर्ष अगाडि गोपाल काराँतीको अध्यक्षतामा नेकपा ( माओवादी केन्द्र) पुनर्गठन भएको थियो । पार्टी पुनर्स्थापना भए पश्चात पार्टीले राष्ट्रव्यापी रुपमा कार्यक्रम लिएर जानु सट्टा पार्टी केन्द्रमा मात्रै सिमित रहँदै अन्तिममा गोपाल किराँती स्वयंमा बैचारिक, राजनीतिक रुपमा विचलन आयो ।


त्यसैको परिणाम त नेकपा (माओवादी केन्द्र) को काठमाडौं बौद्धमा हालै बसेको केन्द्रीय समितिको बैठक र विशेष भेलाले पार्टीका महासचिव कर्णजित बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मतले निर्वाचित गरेसँगै अहिले माओवादी केन्द्रको सांगठनिक गतिविधिले तिव्र रुप लिएको छ । फलस्वरूप आज तमुवान गण्डक प्रदेशको विशेष भेला भएको हो । भेलाले अध्यक्षमा ईश्वर शास्त्री, उपाध्यक्षमा डोर बहादुर थापा, सचिवमा रमेश थापा र अन्य सदस्यहरुमा सन्तोष शाह, सुरेन्द्र सुनार, हरिकुमार श्रेष्ठ, टुक बहादुर सिजाली, अर्जुन परियार, सरिता गुरुङ, सुशीला चौधरी, रेवती थापा र सौगात राना सर्वसम्मतले नेकपा (माओवादी केन्द्र) तमुवान गण्डक प्रदेश समिति गठन भएको थियोे । माओवादी केन्द्रका अध्यक्ष कर्णजित बुढाथोकी सुशीलको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो ।
भेलामा उपस्थित अन्य अतिथिहरुमा अखिल नेपाल किसान संघ (क्रान्तिकारी ) का केन्द्रीय सचिव चिरञ्जीवी ढकाल, केन्द्रीय सहस्यद्वय ईश्वर शास्त्री र डोरबहादुर थापा, र बेपत्ता शहिद परिवारको तर्फबाट सुनसरी गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रम माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रदेश ईन्चार्ज भोजराज त्रिपाठीको अध्यक्षतामा बसेको थियो ।

