खुम्बु पासाङल्हामू : ८ स्वास्थ्य संस्थालाई हिमालयन ट्रष्टद्वारा स्वास्थ्य सामाग्री बितरण



लाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु, ३० मंसिर ।खुम्बुको अभिभावकका रूपमा परिचित हिमालयन ट्रष्ट नेपालले खुम्बु पसाङल्हामू गाउँपालिका वडा नं -३ मा रहेको मन्जो सामुदायिक स्वस्थ्य क्लिनिकलगायत गाउँपालिकाभित्रका अन्य ८ सरकारी तथा निजि स्वास्थ्य संस्थालाइ कोरोना भाइरस संक्रमणबाट जोगिने र उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री बितरण गरेको छ ।

बितरण गरिएका सामाग्रीहरुमा प्रत्येक स्वास्थ्य संस्थालाइ एउटाका दरले ५ मिलिमिटरको अक्सिजन कन्सन्ट्रेसन मेसिन,आवश्यकता अनुसारको फेस सिल्ड , माक्स र सेनिटाइजर रहेको ट्रष्टले जनाएको छ ।

ट्रष्टले यस अघि पनि कोरोना भाइरस संक्रमणबाट वच्न प्रयोग हुने विभिन्न किसिमका स्वास्थ्य सामाग्रीहरु सोलुखुम्बु जिल्ला भित्रका कतिपय स्थानमा उपलब्ध गराएको थियो।

प्रतिक्रिया दिनुहोस्