२८ गते संवैधानिक परिषद् बैठक बस्ने

काठमाडौं,२५ मंसिर।आगामी मंसिर २८ गते संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २८ गते आइतबार बिहान नौ बजे बालुवाटारमा परिषद्को बैठक बोलाएका हुन् ।
सामान्यतया संवैधानिक परिषदको बैठक बस्नुअघि ४८ घण्टा अघि नै सदस्यहरुलाई जानकारी गराउने प्रचलन रहेको छ । सोही अनुसार बैठकको मिति तय गरेर सदस्यहरुलाई बैठकका लागि सूचना पठाइएको छ । संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति बैठकको एजेण्डामा उल्लेख छ ।

संवैधानिक परिषदका सचिव मुख्यसचिव हुने व्यवस्था अनुसार मुख्यसचिवले बैठक बस्नुअघि सदस्यहरुलाई पत्र पठाएर बैठकबारे जानकारी दिने गर्दछन् । संवैधानिक परिषदको अध्यक्ष प्रधानमन्त्री तथा सदस्यहरु प्रधानन्यायाधीश, सभाभमुख, उपसभामुख, राष्ट्यि सभाका अध्यक्ष, विपक्षी दलका नेता र कानुनमन्त्री रहने गर्दछन् । हाल उपसभामुख खाली छन् । संवैधानिक निकायमा हाल ३९ भन्दा बढी पद रिक्त छन् । हाल राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख पनि खाली छन् ।

