कोभिडका नाममा अतिरिक्त शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं, २३ मंसिर ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुलाई कोभिड-१९को बहानामा अतिरिक्त शुल्क नलिन ध्यानाकर्षण गराएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सूचना जारी गर्दै केही निजी अस्पतालहरुले सबै किसिमका सेवामा कोभिड-१९ को बहानामा अतिरिक्त शुल्क लिइएको गुनासो पाइएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
मन्त्रालयले कोभिड संक्रमणले सबैलाई समस्यामा पारेको उल्लेख गर्दै केही निजी अस्पतालले ओपिडीलगायतका सबै किसिमका सेवाहरुमा अतिरिक्त शुल्क जोडेर शुल्क लिने काम नगर्न, नगराउन अनुरोध गरेका छ।
त्यसरी कोभिडको बहानामा अतिरिक्त शुल्क लिइएको पाइएमा नियमानुसार कारवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

