देशबासीहरुमा पूर्बराजाको अपिल- ‘अहिले देशभक्ति पूर्ण प्रदर्शन गर्ने बेला हो,देशले मागेको सहयोग गर्नुस्’



काठमाडौं, २० मंसिर ।पूर्बराजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेवले व्यक्तिगत तुष्टी, पूर्वाग्रह र अनावश्यक शंका-उपशंका गर्नबाट टाढै रहि देशले मागेकाे सहयाेग गर्न सम्पूर्ण देशबासीहरुलाइ अपिल गर्नुभएको छ।

शुक्रबार देशबासीका नाममा एक सन्देश जारी गर्दै पूर्बराजा शाहले अहिले देशभक्तिपूर्ण प्रदर्शन गर्ने बेला आएको बताउंदैआम जनसमुदायकाे आकाँक्षालाई सफलीभूत पार्न जनताले चालिरहेका कदमहरूलाई साथ दिनअनुरोध समेत गर्नुभयो।

याे अहिलेकाे समय नेता वा नेतृत्वकाे खाेजी गर्ने बेला हाेइन, बरु आफूले सदैव विश्वास गरेकाे आस्थाकेन्द्र बारे अन्तरमनले हेर्ने र उनकाे आवाज सुन्ने बेला हो,पूर्बराजाको सन्देशमा भनिएको छ – ‘केही प्रश्नहरू भए तपाईहरूले छातीमा हात राखेर आफ्नाे मनलाई सवैभन्दा पहिले साेध्ने, र अरूका कुरालाई पनि राम्ररी सुनेर मात्रै आफ्नाे निर्णय वा अभिमत बनाउनु उचित हुन्छ भन्ने मलाई लागेकाे छ । अव तपाईहरूसमक्ष आफ्नाे देशभक्ति प्रदर्शन गर्ने चुनाैति आएकाे छ ! ‘

आफ्नो सन्देशलाई मातृभूमिको पूकार सम्झन आग्रह गर्दै वहाँले आ-आफ्नाे सामर्थ्य र गच्छेअनुसार जे-जस्ताे तरिकाले भए पनि आफ्नाे अटल समर्थन र विश्वास अभिप्रकट गर्न पनि आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्