थुलुङ दुधकोशी : दुई बर्षभित्र दुधकोशीको पानी पन्चनका घरघर पुर्‍याइने



डिल्ली शर्मा

सोलुखुम्बु,१९ मंसिर । खानेपानीको चरम अभाव रहेको सोलुखुम्बुको साविक पन्चन गाबिसमा २ बर्षभित्र दुधकोशी नदीको पानी घरघरमा पुर्‍याइने भएको छ।

हालको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ३ मा रहेको पन्चनमा रहेको खानेपानी समस्या को स्थायी समाधानका लागि लिफ्टिङमार्फत दुधकोशीको पानी स्थानीयको घर आंगनमा पुर्‍याउन लागिएको पालिका अध्यक्ष अशिम राइले जानकारी दिएका छन।

दुधकोशी नदीको पानीलाई लिफ्टिङमार्फत सल्लाघारीमा निर्माण गरिने ट्यांकीमा खसालेर गाउँमा बितरण गर्नका लागि यसै बर्षबाट काम सुरु गरिने अध्यक्ष राइको भनाइ छ।करिब ११ करोड को लागतमा निर्माण हुने पन्चन खानेपानी आयोजनाले पन्चनबासीको खानेपानी तथा सिंचाइमा रहेको दीर्घकालीन समस्या समाधान हुने राइले बताए।

अध्यक्ष राइका अनुसार उक्त खानेपानी आयोजनाको बिस्तृत परियोजना रिपोर्ट तयार भैसकेको छ।सामाजिक सन्जाल फेसबूकमार्फत जिल्ला खानेपानी कार्यालय सोलुखुम्बुका प्रमुख शान्तराज राई र नेत्रेश्वरी इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर भक्त जोशीसंग आफुले बुझेको जानकारी समेत गराएका छन।

आयोजना सन्चालका लागि सहयोग पुर्‍याएको भन्दै अध्यक्ष राइले संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई र प्रदेश सांसद उत्तमकुमार बस्नेतप्रति आभार पनि प्रकट गरेका छन।

प्रतिक्रिया दिनुहोस्