नेपाली कांग्रेस (बीपी)द्वारा पौडेल गिरफ्तारीको बिरोध

काठमाडौं, १८ मंसिर ।बुधबार गृह जिल्ला तनहुँको तनहु नगरपालिका वडा नं. १ मा पुल उदघाटन कार्यक्रममा पुग्नु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई धरपकड र दुर्ब्यबहारप्रति नेपाली कांग्रेस (बीपी)ले आपत्ति प्रकट गरेको छ।

पुल उदघाटनका लागि गृह जिल्ला पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरि तीन घण्टा पछि रिहा गरेको थियो।कार्यालय सचिब सुशीलराज वाग्लेद्वारा जारी बिज्ञप्तिमा नेपाली कांग्रेस (बीपी) ले भनेको छ- कम्युनिष्ट सरकारले लोकतान्त्रिक-गणतान्त्रिक ब्यबस्थामा सरकारले गरेको प्रशासनको दुरुपयोगलाई स्वभाविक मान्न सकिदैन ।
सरकारको यस्ता अधिनायकवादी गतिविधिले देश र जनताका पक्षमा आवाज उठाउंदै आएकाहरुप्रति सरकारले अपनाउदै आएको यस्तो रबैयाप्रती घोर भर्तसना गर्दै सो पार्टीले भ्रष्टाचार विभिन्न विकृति विसंगतिका विरुद्व शान्त रुपमा विरोधमा संग्लन राजनैतिक दल, अभियन्ता तथा सर्वसाधारण जनतालाई त्रसित, आक्रोशित बनाउने कार्य तत्काल रोक्न आग्रह गरिएको छ।

