राजसंस्था पुनर्स्थापनाको आन्दोलनले सरकार अत्तालियो : नेपाली कांग्रेस (बीपी)

काठमाडौं,१८मंसिर। नेपाली कांग्रेस (बीपी)ले कोरोना भाइरसको बहाना बनाई राजनैतिक गतिबिधि सभा, जुलुस प्रदर्शन तथा भीडभाडजन्य गतिविधिमा रोक लगाउने काठमाडौं जिल्ला प्रशासन कार्यालयको निर्णयप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ।

राजसंस्था पुनर्स्थापना , गणतन्त्रको खारेजी र हिन्दु रास्ट्र घोषणाको माग गर्दै राजधानीमा स्वतस्फूर्त जनताको प्रदर्शन शुरुभएपछी त्यसबाट अत्तालिएर प्रशासनले राजनीतिक गतिविधिमा रोक लगाउन खोजेको आरोप लगाउंदै कार्यालय सचिव सुशीलराज वाग्लेद्वारा जारी बिज्ञप्तिमा सो कदम घोर निन्दा एबम् भत्सर्ना गरिएको छ।
मुलुकमा ब्याप्त भ्रष्टाचार, अनियमिता, सरकारका राष्ट्रघाती कदम, गणतन्त्र, धर्म निरपेक्षता र महगो संघीयता खारेजीका लागि आन्दोलन गर्नु जनताको अधिकार भएको बताउँदै बीपी कांग्रेसले जनतालाई कम न आंक्न सरकारलाई चेतावनी दिएको छ।
बाग्लेद्वारा प्रकाशित बिज्ञप्तिमा भनिएको छ-भ्रष्टाचार, संबैधानिक राज संस्था, धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, महगो संघीय गणतन्त्रको ब्यबस्था खारेजी एंब प्रत्यक्ष जनमत माग गर्नु गलत हो ? तसर्थ : हाम्रो पार्टी सम्पुर्ण राजनैतिक पार्टी , देशभक्त, राष्ट्रयभक्त, राष्ट्रवादी, प्रजातन्त्रवादी नागरिक समाज, पत्रकार, लेखक पेशागतकर्मी, कर्मचारी, विद्यार्थी, किसान मजदुर कलाकार एकजुट भै जनता भन्दा ठुलो सरकार नभएको संदेश आन्दोलनबाट दिन सबैमा हाम्रो पार्टी अपिल गर्दछ ।

