सोताङ : गाउँपालिकाको खर्च बिबरण अध्ययन गर्न कांग्रेसको समिति



केदार वस्नेत

सोलुखुम्बु, १६ मंसिर ।नेपाली कांग्रेस सोताङले गाउँपालिकाले उपलब्ध गराएको गत आर्थिक बर्षको खर्च विवरण अध्ययन गर्ने भएको छ।

पार्टी गाउँ समितिले मंसिर १२ गते माग गरे अनुरुप गाउँपालिका ले १४ २२ पृष्ठको खर्च विवरण उपलब्ध गराएपछि समिति नै गठन गरेर कांग्रेसले खर्च विवरण अध्ययन गर्ने भएको हो। जसका लागि सुर्य कार्कीको संयोजकत्वमा ५ सदस्यीय समिति नै गठन गरिएको सोताङ कांग्रेस गाउँपालिका सभापति तथा स्थानीय तथा स्थानीय बिभागका केन्द्रीय सदस्य गणेश बस्नेतले जानकारी दिए।संसदको प्रमुख प्रतिपक्ष दलको खर्च विवरण माग गर्ने अधिकार र कर्तव्य रहेकोे वस्नेतको भनाई छ।कार्की संयोजकत्वमा रहेकोे समितिलाइ ७ दिन भित्रमा नेपाली कांग्रेस सोताङ गाउँ कार्य समिति समक्ष प्रतिवेदन पेश गर्नुपर्ने उनले बताए।

उता कार्तिक २० गतेबाट सुरु भएको संगठन विस्तार एवं प्रशिक्षण कार्यक्रम हिजो सम्पन्न भएको छ।।उक्त कार्यक्रममा सयौं विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न।नवप्रवेशीहरुलाई स्थानीय तह समन्वय विभाग केन्न्द्रीय सदस्य गणेश वस्नेत, सोलु काठमाण्डौ सम्पर्क समितिका सभापति गोकर्ण वस्नेत लगायत अन्य नेताहरूले स्वागत गरेका छ्न।साथै कांग्रेस सोताङले संगठन विस्तार गरेको छ। संगठन विभाग प्रमुख कृष्ण वहादुर कार्की सोताङ गाउँपालिकाको प्रवक्तामा जीवन कोईराला र सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुखमा अन्जु नाछिरिङ रहनु भएको कांग्रेस सोताङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्