खुम्बु पासाङल्हामूः काँग्रेसको संगठन विस्तार तथा अन्तरक्रिया स्थगित

लाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु, १६ मंसिर । नेपाली काँग्रेस खुम्बु पासाङल्हामु गाउँपालिका समितिको संगठन विस्तार तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । गत साताबाट सुरु भएको सो कार्यक्रम स्थानीय ६ जनामा कोरोना संक्रमण देखिएपछि हालका लागि स्थगित गरिएको काँग्रेस गाउँपालिका समितिका प्रवक्ता पासाङ्ग शेर्पाले जानकारी दिए । पार्टीको गाउँपालिका समितिद्वारा आयोजित संगठन विस्तार तथा अन्तक्र्रिया कार्यक्रममा अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गर्नेहरुको उल्लेख्य सहभागितालाई ठूलो उपलब्धीका रुपमा लिइएको उनले बताए । प्रख्यात आरोहीहरु भएको क्षेत्र ठमिछोको ३५ आरोही सहित एक सय १७ जना ठमिछो कडुकको अध्यक्ष एबम सफल पर्यटन ब्यबसायी मिङमा शेर्पाको नेतृत्वमा काँग्रेस प्रवेश गरेका थिए । थोरै जनसंख्या भएको त्यस क्षेत्रमा यति धेरै संख्यामा नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नु धेरै खुशीको कुरा भएको काँग्रेस नेता दावा फिन्जो शेर्पाको भनाइ छ ।
खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नं. २, ३, ४ र ५ मा गरी जम्मा तीन सय ८० नेकपा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका खुम्बु कांग्रेस प्रबक्ता शेर्पाको दावी छ । नवप्रवेशीहरूलाई सबै वडामा नेपाली काँग्रेस आदिवासी जनजाति विभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पा, सोलुखुम्बु जिल्ला कार्यसमितिका उपसभापति प्रेम थापामगर, जिल्ला सदस्य चुङ्बा शेर्पा, जिल्ला सदस्य लाक्पा नुरु शेर्पा र खुम्बु पासाङल्हामु नेपाली कांग्रेस गाउँपालिका पार्टी सभापति पेम्बा छिरिङ शेर्पा, युवा सजक्त अभियानको जिल्ला अध्यक्ष फुनुरु शेर्पा, सुशील कोइराला सोसलिस्ट युथ सर्कलका जिल्ला अध्यक्ष छिरिङ सोनाम शेर्पा, र टानका केन्द्रीय सदस्य सोनम शेर्पालगायत अन्य काङ्ग्रेस नेताहरुले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।
गाउँपालिकाको वडा नं. २ लुक्ला नेपाली कांग्रेस गाउँपालिका कार्यसमितिले शुक्रबार आयोजना गरेको चियापान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका एक सय ५२ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन । उक्त कार्यक्रममा खुम्बु पासाङल्हामु वडा नम्बर ३ र वडा नम्बर २ का युवाहरुको उपस्थित थियो । कार्यक्रममा पुर्वमाओवादी वडा २ का अध्यक्ष लाक्पा गेल्जेन शेर्पा, नेकपा एमाले वडा २ का सकृय युवा ङिमा दोर्जी शेर्पा, सफल पर्यटन व्यावसायी एवम् समाजसेवी लाक्पा छिरी शेर्पा, वाड ३ नेकपाका सकृय युवा आङनुरु शेर्पा, ङिमाछिरी शेर्पा मौरीे लगायतका युवाहरु कांग्रेसमा प्रवेश गरेका थिए । त्यसै गरी खुम्बु पासाङल्हामू गाउँपालिका–४ खुम्जुङमा गत शनिबार आयोजित अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा एक सय ११ जना काँग्रेसमा प्रवेश गरेका छन् ।
काङ्ग्रेस गाउँपालिका प्रवक्ता पासाङ शेर्पाका अनुसार वडा नं. २ मा ङिमादोर्जी शेर्पाको संयोजकत्वमा १३ सदस्यीय, वडा नं. ३ मा आङछिरिङ शेर्पाको संयोजकत्वमा १३ सदस्यीय, वडा नं. ४ मा छिरिङथुण्डु शेर्पाको संयोजकत्वमा २९ सदस्सीय र वडा नं. ५ मा लाक्पाग्यालजेन शेर्पाको संयोजकत्वमा ३९ सदस्सीय तरुण दल समेत गठन गरिएको छ ।


