र्याली गर्दै राजा बोलाउँदै ! फर्केलान् त राजा ?

उनले मुलुक विदेशीको खेल मैदान बन्दै गएको,भ्रष्टाचारका कारण राज्यको सम्वृद्धि ओरालो लागेको हुँदा राजा र जनता मिलेर अहिलेको अराजक अवस्थाको अन्त्य गर्नुपर्ने बताए । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दशौं हजार निर्दोष नागरिकको हत्या गरेको आरोप लगाउँदै वक्ताहरूले राजा जनताको संरक्षक हुनसक्ने भएकाले हालको टुटफुटको राजनीतिमा राजा र राजसंस्था मात्र एकताको पक्षधर हुनसक्ने दाबी गरेका थिए ।


उनीहरूले राजाबाट दुई दशकअघि नै असक्षम करार गरिएका काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महाधिवेशन गर्न नसकेको कारण उनी पुनः असक्षम प्रमाणित भएको हुँदा एक पटक सबै मिलेर राजा र राजसंस्थाको पुनस्र्थापना गर्नुपर्ने आवश्यकता रहेकोतर्फ पनि औंल्याएका थिए । कोण सभामा एमसीसी परियोजनालाई राष्ट्रघाती परियोजना भन्दै सुरक्षाकर्मी र नागरिक समाज सबै मिलेर राजसंस्था पुनर्वहाली गर्न ढिलो भइसकेको समेत बताइएको थियो ।

