इच्छाकामना माइ मन्दिरमा पूर्बयुबराज पारस

काठमाडौँ, २९ कार्तिक ।पूर्वयुवराज पारस शाहले चितवनको इच्छाकामना माई मन्दिरमा पूजा गर्नुभएको छ।

चिवतनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा रहेको मन्दिरमा शाहले शनिबार पूजा गर्नुभएको हो।
मनकामना माईकी माइली दिदीका रुपमा लिइने मन्दिरमा पूजा गरे इच्छा पूरा हुने जनविश्वास छ ।
मन्दिरमा विशेष पूजाका लागि पुगेको शाहलाई स्थानीय बासिन्दाले भब्य स्वागत गरेका थिए ।

