सबै पर्यटकीय क्षेत्र खोल्ने सरकारको निर्णय

काठमाडौं, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले केवलकार, स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर शुक्रबारदेखि नै लागू हुने गरी सबै पर्यटकीय क्षेत्र खुला गर्ने निर्णय गरेको हो।

शुक्रबार मन्त्रालयले विज्ञप्तिमा जारी गर्दै सुरक्षित तरिकाले पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिएपनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्ला तहलाई नै दिइएको समेत उल्लेख गरिएको छ

