गणतन्त्रको बिरोध र राजसंस्था पुनर्स्थापनाको माग गर्दै हजारौं युबाहरु सडकमा



काठमाडौं, २८ कार्तिक ।गणतन्त्र बिरोधी नारा लगाउंदै विराटनगरमा हजारौको युवाहरु सडकमा उत्रिएका छन् ।

वीर गोर्खाली अभियानको नेतृत्वमा मोटरसाइकल र्‍यालीमा उत्रिएका युबाहरुले राष्ट्रिय झन्डासहित ‘राजा आउ देश बचाउ’ को नारा लगाएका थिए।मोरङको कन्चनबारीबाट सुरुभएको यो र्‍यालीलाई राजसंस्थाको पक्षमा गणतन्त्र स्थापनापछिको सबैभन्दा ठूलो मानिएको छ।

यसअघि बुटवल, नेपालगन्ज र बीरगन्जमा पनि राष्ट्रबादी युबाहरुले गणतन्त्रको बिरोध र राजसंस्था पुनर्स्थापनाको माग गर्दै बृहत् र्‍यालीको आयोजना गरेका थिए।

त्यस्तै वीर गोर्खाली अभियानकै नेतृत्वमा रुपन्देहीमा पनि देश र श्रीपेचको रक्षाका लागि भन्दै र्‍याली प्रदर्शन गरिएको थियो।

राष्ट्रिय झण्डा र पूर्व राजा – रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्‍याली निकालिएको हो। र्‍यालीमा करिब ४ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्