खुम्बु कांग्रेसद्वारा १सय २३ परिवारलाई नि:शुल्क मास्क बितरण



लाक्पा ग्याल्जेन शेर्पा/ सोलुखुम्बु , २६ कार्तिक ।नेपालको प्रमुख पर्यटकीय गन्तव्य खुम्बुमा नेपाली काङ्ग्रेस खुम्बु पासाङल्हामू गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय खुम्बिला महिला समूह र हिमालयन सामुदायिक बनले संयुक्त रूपमा साविकको चौंरीखर्क गाबिसको वडा नं १ का १ सय २३ घरधुरीलाई ५० वटाका दरले ६ हजार १ सय ५० सर्जिकल मास्क बितरण गरेका छन।

बितरित मास्क खुम्बु पासाङल्हामू गाउँपालिका वाड नम्बर ३ का सभापति ङिम तेन्जिङ शेर्पाले उपलब्ध गराएको बताइएको छ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट त्रसित स्थानीयहरुले भौगोलिक विकटताका कारण सहजै मास्क प्राप्त गर्ने अवस्था नरहेका कारण सहजताका लागि मास्क उपलब्ध गराइएको नेपाली काङ्ग्रेस खुम्बु पासाङल्हामुका प्रबक्ता पासाङ शेर्पाले रहस्य खबरलाई बताए।

प्रतिक्रिया दिनुहोस्