नेकपाले धेर नाटक गरेको सभापति बस्नेतको आरोप
केदार वस्नेत
सोलुखुम्बु, २५ कार्तिक।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार वस्नेतले देशमा भएको भ्रष्टाचार, कालोबजारी र अनियमितताको जिम्मा नेकपाले लिनुपर्ने बताएका छन ।

थुलुङ दुधकोशी ९ लोखिममा भएको कार्यक्रममा प्रमुख अथितिको आसन बाट बोल्नु हुदै सभापति वस्नेतले नेकपाले धेर नाटक मन्चन गरिरहेको बताउंदै त्यो नाटक अब पनि बन्द नगरे जनता सडकमा उत्रने दावी गर्नुभयो । कांग्रेस जहिले पनि जनताको पक्षमा रहेको बस्नेतको भनाइ थियो।
लोखिमका सभापति पदम वहादुर राईको सभापतित्वमा सोमबार सम्पन्न कार्यक्रममा महासमिति सदस्य जय प्रसाद राई, सहसचिव कुशराज राई, नेपाली कांग्रेस सोलुखुम्बुका प्रवक्ता सन्तोष कटेल, थुलुङ दुधकोशी सभापति महेन्द्रदीप राई,नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य वेदप्रसाद वन,थुलुङ दुधकोशी गाउँपालिका उपाध्यक्ष सबिता राई ,६ नम्बर वडाका वडाध्यक्ष फुर्तिमान तामाङ, नेपाल तरुण दल सोलुखुम्बुका पुर्व अध्यक्ष जीवन गुरुङ,नेबिसंघ जिल्ला उपाध्यक्ष जीवन वस्नेत,नेपाल तरुण दल सोलुखुम्बु सचिव शेखर वस्नेत लगायतका बक्ताहरुले जिल्ला आआफ्नो मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा ८६ जना विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।उहाँहरुलाई सभापति विनोद वस्नेतले स्वागत र महेन्द्रदीप राईले सदस्यता हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा आस कुमार थुलुङको सभापतित्वमा वुथ समिति गठन भएको जानकारी गराइएको थियो। जसको उपसभापतिमा प्रमेश कुमार तामाङ सचिवमा वीर वहादुर तामाङ र कोषाध्यक्षमा पदम कुमारी राई रहनुभएको कार्यक्रम सञ्चालक एवं लेखक संघ सोलुखुम्बुका अध्यक्ष सुवास संगम राईले जानकारी दिनुभयो।संगठन सुदृढीकरण कार्यक्रम आज पनि निरन्तर हुने कांग्रेस थुलुङ दुधकोशीले जनाएको छ।


