किरातीद्वारा जारी विज्ञप्ति अर्थहीन: अरुण घिसिङ

काठमाडौं,२४ कार्तिक। गाेपाल किरातीद्वारा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे अध्य्क्षको नाममा आज कार्तिक २४ गते जारी गरेकाे विज्ञप्ति अर्थहीन रहेकाे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का राजनीतिक परिषद सदस्य (पाेलिटब्यूराे मेम्बर) अरुण घिसिङले बताएका छन् । सामान्य राजनीतिक धर्म समेत निभाउन नसकेकाे विज्ञप्तिकाे कुनै मान्यता नभएको कुरा घिसिङको दावी छ ।

घिसिङका अनुसार पछिल्लो समय माओवादी केन्द्रका पूर्व अध्यक्ष गाेपाल किरातीद्वारा लिखित “महान जनविद्रोहको दर्शनमा” “विपश्यना विज्ञान: मार्क्सवादका चाैथाे संघटक अङ्ग समावेश गराई प्रकाशन गरि समायोजन प्रस्ताव गराएसँगै पार्टी भित्र किरातीकाे चर्काेआलोचना भएको थियाे ।
पार्टीमा भएको चर्काे आलोचना थेग्न नसकेर गत असाेज २५ र २६ गते बसेकाे पाेलिटब्यूराेकाे बैठकबाट गाेपाल किराँती पार्टीको अध्यक्षकाे जिम्मेवारीबाट पछि हट्न बाध्य भए । राजनीतिक परिषद बैठकमा उपस्थित १९ जनामा २ जना मध्यमार्गी धारमा रहि तटस्थ रहेता पनि बाँकी १६ जना बहुमत सदस्यहरुले पार्टी अध्यक्षलाई जिम्मेवारीबाट हटाई पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरलाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सुम्पेको कुरा उक्त दुई दिन सम्म चलेको पिबिएमकाे बैठकले निर्णय गरेकाे कुरा घिसिङले बताएका छन् ।
घिसिङका अनुसार गाेपाल किराती स्वयम उपस्थित भई हस्ताक्षर गरेकाे पार्टीको पिबिएमकाे बैठककाे समेत बेवास्ता गर्दै पार्टी अध्यक्षकाे जिम्मेवारीबाट हटिसकेकाे/हटाईसकेकाे व्यक्तिले निर्णयलाई तिलान्जली दिँदै पार्टी निर्णयकाे ठिक एक महिनापछि जिम्मेवारी विहिन पूर्व अध्यक्षले वाहलवाला अध्यक्षकाे हैसियतमा पार्टी कमिटीहरु भंग भएको घाेषणा गर्दै विज्ञप्ति जारी गर्नु हाँस्यस्पद र लज्जास्पद गैर राजनीतिक भएको जनाएका छन् ।
मार्क्सवाद- लेलिनवाद-माओवादकाे बिचार र दर्शनबाट बिचलित भई विपश्यना ध्यान अंगाल्न पुग्नु भनेको क्रान्तिप्रतिकाे अपराध भएको र विगतकाे वलिदानका कारण पार्टीमा सल्लाहकारकाे हैसियतमा रहन पाेलिटब्यूराे बैठकले गरेकाे निर्णयलाई समेत बेवास्ता गर्दै अध्यक्षकाे हैसियतमा विज्ञप्ति जारी गर्नु घाेर आपति भन्दै घिसिङले किरातीकाे विज्ञप्तिकाे भत्सर्ना गरेका छन् ।

