स्थानीय सरकारको कार्यशैली अत्यन्तै अराजक भएको कांग्रेसको आरोप



सोलुखुम्बु , २४ कार्तिक । नेपाली कांग्रेसका महासमिति सदस्य जय प्रसाद राईले वर्तमान स्थानीय सरकारका प्रतिनिधिहरुको व्यबहार र कार्यशैली अत्यन्तै अराजक र राणाकालीन शासकको जस्तो जनविरोधी रहेको आरोप लगाएका छन।

नेपाली काँग्रेस सोलुखुम्बुको संगठन सुदृढीकरण अभियान अन्तर्गत थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ लोखिमको लामुडाँडा आधारभुत विद्यालयमा आइतबार सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राइले सो आरोप लगाएका हुन। उनले काँग्रेसले जिम्मेवार भइ राजनैतिक तवरले यसको जवाफ दिने बताउंदै संयमित भइ अगाडि बढेकोले अन्त्यमा जित काँग्रेसकै हुने दावी गरे ।

वडा सभापति पदम बहादुर राईको सभापतित्वमा बएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस जिल्ला सहसचिव कुशराज राईले अहिले माथिदेखी तल्लो तहसम्म जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेको बताए ।

विभिन्न शिर्षकमा खुल्लेआम भैरहेको भ्रष्ट्राचारबारे जनतालाई सु-सुचित गराउंदै जानाजान काँग्रेसले जनताको साथ लिएर कडा कदम चाल्न तयार हुनुपर्ने राइको भनाइ थियो।

कार्यक्रममा पुर्व जिल्ला सदस्य भक्त बहादुर गुरुङ , जिल्ला सदस्य एवं प्रवक्ता सन्तोष कट्टेल, तरुण दलका पूर्ब अध्यक्ष एवं युवानेता जीवन गुरुङ , तरुण दल जिल्ला सचिव शेखर बस्नेत ,नेपाल लेखक संघ सोलुखुम्बुका अध्यक्ष सुवास सङगम राई ,नेपाली कांग्रेस गाउंपालिका सदस्य खेम बहादुर गुरुङ, नेविसंघ जिल्ला उपाध्यक्ष जीवन बस्नेत लगायतको उपस्थिति रहेको थियो।

यसैबीच, फुरा पासाङ तामाङको अध्यक्षतामा २६ सदस्यीय नेपाली काँग्रेस वुथस्तरीय टोल समिति गठन गरिएको नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका समितिका सभापति महेन्द्रदीप राइले जानकारी दिए। समितिको उपसभापतिमा दाडेन्डी शेर्पा ,सचिवमा लाक्पा तामाङ ,सहसचिवमा रामकाजी तामाङ, कोषाध्यक्षमा छम्जी शेर्पा रहेको उनले बताए।

सभापति राइका अनुसार नेपाली काग्रेस सोलुखुम्बुका नेता प्रकाशसिं कार्की र बिमल बस्नेतले कार्यक्रमका लागि झन्डा,विधान, खादा लगायतका सामाग्री उपलब्ध गराएका थिए।

प्रतिक्रिया दिनुहोस्