अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन विजयी

अमेरिकाको राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँका डेमोक्राटिक पार्टीका नेता जो बाइडेन विजयी भएका छन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेनले जितेका छन् ।

अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा निर्वाचित बाइडेनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् । यसैगरी डेमोक्रेटिक पार्टीका कमला ह्यारिस उपराष्ट्रपतिको रुपमा विजयी भएका छन् । यो भन्दा पहिला उनी बराक ओभामाको कार्यकालमा उपराष्ट्रपति बनेका थिए । उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिस अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् । एजेन्सी

