सोलुखुम्बु : कांगेल डांडामा पर्यटन मन्त्री भट्टराईको भब्य स्वागत



सोलुखुम्बु, २१ कार्तिक । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई थुलुङ दुधकोशी गाउँपालिकाको काँगेलमा भब्य स्वागत गरिएको छ। कांगेल डांडा बिमानस्थल पुन संचालनको संभाब्यता अध्ययनका लागि सोलुखुम्बुबाट निर्बाचित संघीय सांसद हेमकुमार राईसहित त्यहाँ पुगेका मन्त्री भट्टराईलाई गाउँपालिका अध्यक्ष अशिम राइ सहितका जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए।

लामो समय देखि बन्द रहेको उक्त बिमानस्थल सञ्चालनका लागि संघीय सांसद राइ र गाउँपालिका अध्यक्ष अशिमसहितको टोलिले मंगलबार गरेको आग्रहलाई स्वीकार्दै कांगेल डांडा पुगेका मन्त्री भट्टराईले बिधि र प्रक्रिया पुरा गरि छिटो भन्दा छिटो बिमानास्थल सन्चालन गर्ने आश्वासन दिएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रबक्ता भुपालसिं राइले रहस्यखबरलाई बताए ।

२०५२ सालमा निर्माण सुरु भएको बिमानस्थलमा २०६२/०६३ देखि उडान सेवा सुरु भएको थियो । २०७२ साल सम्म नेपाल एयरलाईन्स र तारा एयर एयरलाईन्सले पनि उडान भर्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्