सोलुखुम्बु : तिङलाका गोकर्ण खड्का मृत भेटिए

सोलुखुम्बु, १४ कार्तिक । सोलु दुधकुन्ड नगरपालिका वडा नं ११ तिङ्लाका गोकर्ण खड्का मृत भेटिएका छन।

अन्दाजी ६०/६१ बर्षीय खड्काको शब सोलुदुधकुण्ड नगरपालिका ७ स्थित सल्लेरी च्याल्सा विद्युत कम्पनीको पावर हाउसको कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु ले जनाएको छ।
विहिबार मध्यान्ह शव भेटिएको जानकारी पाउँनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।
घटनाको आवश्यक अनुसन्धान भईरहेको र शबलाई पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

