कार्तिक २१ बाट कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं,१३ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी कात्तिक २१ गतेका लागि बोलाइएको छ । यसअघि दुईपटक बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा केन्द्रीय समिति बैठक कात्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने उल्लेख छ ।
‘पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि आधा दर्जन केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस बैठक स्थगित भएको थियो ।

