रबि लामिछाने दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं,१३ कार्तिक । सञ्चारकर्मी रवि लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफू र श्रीमती निकीतालाई पनि कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।

हल्का ज्वरो आएपछि मंगलबार गरेको पीसीआर परीक्षणमा आफूहरूको पोजेटिभ रिपोर्ट आएको लामिछानेले जानकारी दिएका हुन् । उहाँले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका छन् ।
केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरवाहीले संक्रमण भएको हुन सक्ने लामिछानेको भनाइ छ । घरमा वृद्धवृद्धा हुनेले लापरवाही नगर्न उनले सुझाव दिएका छन् ।

