सोलुखुम्बु : खुम्बु पासाङल्हामूमा ९ र सोलु दुधकुण्डका थप ४ जनामा कोरोना संक्रमण



सोलुखुम्बु ९ कार्तिक । जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि नाम्चेका एक बृद्धको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएपछि उनीसँग नजिकको सम्पर्कमा रहेका १२३ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गरिएकोमा ९ जनाको रिर्पोट पोजेटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।

उता सोलुदुधकुण्ड नगरपालिकामा थप चार जनालाई कोरोना संक्रमण भएको छ । नगरपालिकाको वडा नम्बर २ बेनीबाट स्वाब संकलन गरिएको मध्ये चार जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको वडाअध्यक्ष मिङमार दोर्जी शेर्पाले जानकारी दिए ।

१५ स्वाबको स्वाब संकलन गरिएकोमा चार जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितमध्ये दुई जना होम आइसोलेसनमा रहेका र बाँकी दुई जना फाप्लुस्थित क्वारेन्टाइनमा रहेको वडाअध्यक्ष शेर्पाले जानकारी दिए ।

वडासदस्य, प्रहरी इन्चार्ज, एम्बुलेन्स चालक र स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्