कोरोनाको उपचार खर्च जनताले ब्यहोर्नुपर्ने निर्णय सच्याउन सांसद राइको माग



सोलुखुम्बु , ७ कार्तिक । संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ ले कोरोना भाइरस संक्रमणको उपचार खर्च नागरिक आफैंले ब्यहोर्नुपर्ने सरकारी निर्णय तत्काल पुनर्बिचार गर्नु आवश्यक रहेको बताएका छन्।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट संक्रमित नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी लिएर सरकार जिम्मेवाररुप प्रस्तुत हुनुपर्ने धारणा राख्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका राइले शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै कोरोना उपचारका लागि नागरिक आफैंले खर्च ब्यहोर्नुपर्ने नीति सरकारले ल्याउनु ‘बिडम्बना र दुखद’ भएको टिप्पणी गरेका छन।

के अब राज्य आफ्ना नागरिकको स्वास्थ्य उपचार गर्न नसक्ने अवस्थामा पुगेकै हो त ? मलाई त्यस्तो लाग्दैन, प्रतिनिधि सभा अर्थ समितिका सदस्य सांसद राइले अगाडी भनेका छन,- ‘मलाई त्यस्तो लाग्दैन, सरकारले सक्छ।सरकारसंग आग्रह गर्दछु- ‘सरकारले आफ्नो निर्णयमा पुनर्बिचार गरोस् ।’

सामाजिक सन्जालमा सांसद राइले लेखेका छन,- कोरोना भाइरस ले बिश्व मानव जिवन तहस नहस बनाएको अबस्य हो । यो महामारी सग जुध्न राज्य नागरीक सबै लागि परेकै छ । बिडम्बना आज आएर सरकार ले कोरोना उपचार को लागि नागरीक आफैले खर्च बेहोर्नु पर्ने निति ल्याउनु दुखद हो । के अब राज्य आफ्नो नागरीक को स्वास्थ्य उपचार गर्न नसक्ने अबस्थामा पुगेकै हो? ? मलाइ त्यस्तो लाग्दैन ।सरकार ले सक्छ । सरकार सग आग्रह गर्दछु । सरकार ले आफ्नो निर्णय मा पुन बिचार गरोस । कोरोना बाट आम नेपालि जनता को स्वास्थ्य उपचारको जिम्मेवारि लिएर जनता प्रति जिम्मेवार सरकारको हैसियत प्रस्तुत गरोस ।

प्रतिक्रिया दिनुहोस्