खुम्बु कांग्रेसको प्रबक्तामा पासाङ

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु , ६ कार्तिक ।नेपाली कांग्रेस खुम्बु पासाङल्हामू गाउँपालिका समितिको प्रबक्तामा पासाङ शेर्पालाई चयन गरेको छ।

गते असोज २३ गते पार्टी गाउँपालिका समितिको बैठकले शेर्पालाई प्रबक्ता नियुक्त गर्ने निर्णय गरे पनि उनलाई आधिकारिक रुपमा बिहिवारबाट जिम्मेवारी हस्तान्तरण गरिएको सभापति पेम्बाछिरिङ शेर्पाले जानकारी दिए। गाउँपालिका वडा नं ३ मन्जोस्थित माउन्ट कैलाश लजका सन्चालक रहेका शेर्पा कांग्रेस राजनीतिमा सकृय रहंदै आएका छन।

