समुदायस्तरमा कोरोना फैलिन नदिन सबैको सहयोग आवश्यक : अध्यक्ष बास्तोला



सोलुखुम्बु , ६ कार्तिक । नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले काठमाडौं, बिराटनगर लगायत अन्य जोखिमयुक्त क्षेत्रबाट घर फर्कने गाउँबासीहरुलाइ होमक्वारेन्टाइनमा बसी चाडपर्व मनाउन आग्रह गरेका छन।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण छिमेकी जिल्ला र गाउँपालिकामा समेत देखिइसकेको स्पस्ट पार्दै अध्यक्ष बास्तोलाले बिहिवार शुभकामना सन्देशमार्फत सुरक्षा संबेदनसिलतालाइ मध्यनजर गर्दै होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन। कोरोना भाइरस मानिसमार्फत नै मानिसमा सर्ने भएका कारण चाडपर्वमा भीडभाड र आवतजावत नगर्न पनि उनले आग्रह गरेका छन।

कोरोना भाइरसको प्रकोप समुदाय स्तरमा फैलिन नदिन सबैको सहयोग आवश्यक रहेको भन्दै बास्तोलाले शुभकामना सन्देशमा विभिन्न मठमन्दिरमा पूजाआजामा सहभागी नहुन तथा बैठक, सभा र सम्मेलनहरु आयोजना नगर्न विभिन्न संघ संस्थाहरुलाइ अनुरोध गरिएको छ।बास्तोलाले बिजया दशमी २०७७ को अवसरमा सम्पूर्ण गाउँबासीहरुलाइ शुभकामना समेत दिएका छन।

 

प्रतिक्रिया दिनुहोस्