जनताको उपचारबाट पन्छिएर सरकारले संबैधानिक ब्यबस्थाको खिल्ली उडाएको सोलु कांग्रेसको आरोप

सोलुखुम्बु , ५ कार्तिक ।नेपाली कांग्रेस सोलुखुम्बुले बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको उपचार खर्च ब्यक्ति स्वयंले ब्यहोर्नु पर्ने घोषणा गरेर सरकारले स्वास्थ्य जनताको मौलिक हक भन्ने संबैधानिक ब्यबस्थाको खिल्ली उडाएको आरोप लगाएको छ।

आर्थिक रूपमा टाट पल्टिएका जनताको उपचारको जिम्मा स्वयं ब्यक्तिलाई लगाएर सरकार आफ्नो दायित्वबाट पन्छिनु गैरजिम्मेवारीको पराकाष्ठा भएको भन्दै कांग्रेस जिल्ला सभापति बिनोद बस्नेतद्वारा हस्ताक्षरित बिज्ञप्तिमा सो आरोप लगाइएको हो।बस्नेतद्वारा बुधबार जारी बिज्ञप्तिमा कोरोना संक्रमित सम्पुर्ण जनताको तत्काल नि:शुल्क उपचारको ब्यबस्था मिलाउन माग समेत गरिएको छ।
पछिल्लो समय सोलुखुम्बु जिल्लामा पनि कोरोना संक्रमण बढ्दै गएको उल्लेख गर्दै सभापति बस्नेतले स्थितिलाई काबुभन्दा बाहिर जान नदिन कोरोना लक्षित कार्यक्रम ल्याएर समयमै नियन्त्रण का लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन। कोरोनालाइ समुदायस्तरमा फैलन नदिन जिल्लाबासी नागरिकहरुलाइ सचेत हुन आग्रह गर्दै जारी बिज्ञप्तिमा कोरोना सम्बन्धी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न जिल्लाबासीहरुलाइ अपिल पनि गरिएको छ।कांग्रेसले यथास्थानमा नै रहेर चाडपर्व मनाउन पनि जिल्लाबासीहरुलाइ आग्रह गरेको छ।


