सोलुखुम्बु : बिहिबारेमा कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक र्‍याली



शोभित ढुंगेल
सोलुखुम्बु, २९ असोज। नेचासल्यान गाउँपालिकाको वडा नं ३ मा गठित क्रियटिभ सोसिएल यूथ क्लब(Creative Social Youth Club) को आयोजनामा बिहिबार नेचा बिहिबारे बजारमा कोरोना भाइरससम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट आफू वच्न र अरुलाइ पनि बचाउन अनिवार्य मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्नु अनिवार्य रहेको भन्दै सो अवसरमा जनचेतनामूलक र्‍याली गरिएको थियो।र्‍यालीमा मास्क बितरणका साथै नजिंकिदै गरेको महान चाड बिजया दशमी तथा दिपावलिमा भिड्भाड नगर्न आग्रह गरिएको क्लबले जनाएको छ।

र्‍याली पछि आयोजित संक्षिप्त कार्यक्रममा गाउँपालिका उपध्यक्ष कुमारीदेबी शर्मा, वडा नं ३ का सदस्य खेमराज कटेल र सहिद नरनाथ आबिका प्रधानध्यापक कमल प्रसाद कटेलले आ-आफ्ना भनाइ धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्