प्रदेश ५ को राजधानी देउखुरीमा राख्ने प्रस्ताव दुई तिहाई मतले पारित

काठमाडौं, २० असोज ।प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी (राप्ती उपत्यका) तोकिएको छ । प्रदेश सभामा मंगलवार भएको मतदानमा दुईतिहाइ बहुमतले देउखुरीमा राजधानी राख्ने प्रदेश सरकारको प्रस्ताव पारित भएको हो ।

कुल खसेको ८२ मतमध्ये दाङका पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी सोनामले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनाराको मैदानी भाग राप्ती उपत्यका (देउखुरी)लाई प्रदेशको राजधानी तोक्ने प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावमा मतदानका लागि नेकपाले ह्वीप समेत जारी गरेको थियो ।

