सोलुखुम्बु राप्रपा जिल्ला संयोजक शर्मा नेकपामा प्रवेश

सोलुखुम्बु , १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी सोलुखुम्बुका संयोजक दिपेन्द्र कुमार शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन।


जिल्ला समन्वय समिति सोलुखुम्बु को हलमा आइतबार आयोजित नेकपा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकमार्फत शर्मा नेकपामा प्रवेश गरेका हुन। जिल्लामा अभिबक्ताको रुपमा राम्रो पहिचान बनाएका शर्मालाई नेकपा केन्द्रीय सदस्य एबम जिल्ला पार्टी इन्चार्ज हेमकुमार राई ‘सुरबीर’, जिल्ला पार्टी अध्यक्ष मानबीर राइ, नेकपा प्रदेश कमिटी सदस्य तथा प्रदेश १ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेत , पार्टी प्रदेश सदस्य आङ्ङिमा लामा, महेश किराँती, ध्रुब पराजुली, बिष्णु बास्तोला , आङ्कामी शेर्पा लगायतले खादामाला लगाएर शर्मालाइ पार्टी प्रवेश गराएका थिए।

नबप्रबेशी शर्माले देशको बिकास र समृद्धिमा नेकपाको विकल्प नदेखेर आफू राप्रपा परित्याग गरी नेकपा प्रवेश गरेको बताए ।पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्बक पूरा गर्नेतर्फ अबको आफ्नो ध्यान केन्द्रित हुने बताउंदै उनले मुलुकको समृद्धिको यात्रामा नेकपासंग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

कार्यक्रममा नबप्रबेशी शर्मालाई आगामी दिनहरुमा उपयुक्त जिम्मेवारी दिने जानकारी जिल्ला कमिटी सचिव गोम्बु शेर्पा कर्ज्याङले गरेका थिए।

