सिसाको घरमा बसेर अर्कालाई ढुंगा नहान्न नेकपालाई पूर्बमन्त्री केसीको चेतावनी



केदार बस्नेत
सोलुखुम्बु,१३ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले सिसाका महलमा बसेर अरुलाइ ढुंगा नहान्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुलाइ चेतावनी दिएका छन।


नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका वडा नं २ कांगेलद्वारा आयोजित संगठन सुदृढीकरण अभियानलाई सोमबार सम्बोधन गर्दै केसीले सो चेतावनी दिएका हुन।पूर्बमन्त्री समेत रहेका केसीले केन्द्रदेखी स्थानीय तहसम्मको नेकपा नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउंदै यस्तो बेला कांग्रेस कार्यकर्ताहरुको ध्यान संगठन निर्माणमा केन्द्रित हुनुपर्ने बताएका थिए।


कार्यक्रमा नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिका सभापति बिनोद बस्नेतले सोलुखुम्बुका सबै स्थानीय तहमा काङग्रेसले आगामी निर्वाचन जस्तोसुकै मुल्य चुकाएर पनि बिजय प्राप्त गर्ने दाबी गरे।


कार्यक्रममा कांग्रेस महासमिति सदस्य खिलाराज बस्नेत, नेपाल किसान संघका अध्यक्ष हुतराज बस्नेत,नेकाँ जिल्ला कार्यसमिति सोलुखुम्बुका सह-सचिब कुशराज राइ जिल्ला सदस्य नवीन थापा, घनराज सुनुवार,कान्तिराज,थुलुङ दुधकोशी गाउँ पार्टी सभापति महेन्द्रदीप राई, नेपाल महिला सघ उपाध्यक्ष एका कुमारी बस्नेत, लेखक संघ अध्यक्ष सुबास सङ्गम राई र नेबि संघ का नेता रोहनबाबु बस्नेतलगायतले आआफ्नो धारणा राखेका थिए।
कार्यक्रममा पूर्बमन्त्री केसीले नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेका तत्कालीन नेकपा गाउँ अध्यक्ष भिम बहादुर बस्नेत लगायतलाई स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्