राप्रपाको जिल्ला र भातृ संगठनको समायोजन १० दिन भित्र गरिने



काठमाडौं, ११ असोज ।राष्ट्रिय प्रजातन्त्र पार्टीले असोज २१ गतेसम्ममा जिल्ला तहको समायोजन र भ्रातृ संगठनको केन्द्रीय तहको समायोजन गर्ने भएको छ ।
सो पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला समिति र संगठनलाई समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिइएको छ । राप्रपाले पार्टीको झन्डोत्तोलन तथा चुनाव चिह्न प्रचार अभियान केन्द्रीय स्तर, ७७ जिल्ला, ७ सय ५३ स्थानीय तह र वडास्तरसम्म गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि राप्रपाको कार्य व्यवस्थाको बैठक बसेको यो पहिलोपटक हो । केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको अर्को बैठक असोज १५ गते फेरि बस्ने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्