ललितपुरमा क्रान्तिकारी ट्रेड युनियन महासंघ,नेपाल गठन



ललितपुर ,११असोज। क्रान्तिकारी ट्रेड युनियन महासङ्घ,नेपाल ललितपुर जिल्ला भेला सम्पन्न भएको छ। महासंघका केन्द्रीय सचिव लोकेन्द्रराज थापाको अध्यक्षतामा शनिबार सम्पन्न भेलाले अजय लामाको अध्यक्षतामा क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल ललितपुर जिल्ला कमिटी गठन गरेको छ।कमिटीको उपाध्यक्षद्वयमा बिरेन घतानी, बेद बहादुर घले, सचिब विवेक सिंह ठकुरी र कोषाध्यक्ष खालिङ राई रहेका छन।


यसैगरी सदस्यहरूमा हेमन्त, रमेश, संजय, सन्तोष, आकाश, विशाल र निकेन चयन गरिएको महासंघ ललितपुरले जनाएको छ।
गम्भीरजंग मोक्तानले सन्चालन र प्रेम प्रतीकले स्वागत मन्तव्य गरेको सो कार्यक्रममा महासङ्घका केन्द्रीय महासचिव मेघ खत्री, नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य अरुण घिसिङ, अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले भेला सफलताको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्